टिपरले ठक्कर दिँदा डाक्टरको मृत्यु
मोरङ | भदौ १२, २०८०
मोरङको उर्लाबारीमा टिपर र मोटरसाइकल जुध्दा एक जना चिकित्सकको मृत्यु भएको छ।
दुर्घटनामा सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व(पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो। डाक्टर यादव पूर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।
‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’, डिएसपी दाहालले भने।
उनका अनुसार टिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

